दोस्रो पटक थपियो लकडाउनको अवधि: लकडाउन बैशाख ३ सम्म

दोस्रो पटक थपियो  लकडाउनको अवधि: लकडाउन बैशाख ३ सम्म

काठमाडौं : सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन घोषषा गरेको थियो ।

त्यो अवधि पुरा नहुँदै २५ गतेसम्म थपियो । तर यो अवधिका कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाई गरेको थियो । साथै कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।