अस्पताल लाने क्रममा एक गर्भवती महिलाको मृत्यु

अस्पताल लाने क्रममा एक गर्भवती महिलाको मृत्यु

अर्घाखाँची : अस्पताल लाने क्रममा एक गर्भवती महिलाको उच्च रक्तश्रावका कारण बाटोमै मृत्यु भएको छ । उक्त गर्भवती महिला सन्धिखर्क नगरपालिका–९ अर्घा पाथ्रावाङ बस्ने २९ वर्षीय देवी विक हुन् ।

आइतबार बेलुका ५ बजेसम्म घरको काम गरिरहेकी देवीको एक्कासी रक्तश्राव भएको थियो । त्यसपछि गाडीमा सन्धिखर्क अस्पताल नजिकै ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु जीवबहादुर विकले बताए । देवीलाई साढे ६बजे अस्पताल ल्याइपुर्‍याइएको थियो।

घरदेखि अस्पताल करिब ९ किलोमिटरको दूरीमा छ। आठ महिनाको चौथो बच्चा गर्भमा रहेको उनले तीन छोरी जन्माइसकेकी थिइन्।शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।