लकडाउन एकहप्ता थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं : कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समनवय समितिले लकडाउनको समय एकहप्ता थप्ने निर्णय गरेको छ । हिजो बसेको समितिको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

समितिले गरेको निर्णय अनुमोदनका लागि आजै मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ । दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समय एकहप्ता थप्ने निर्णयलाई अनुमोदन गर्ने स्रोतको भनाइ छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको १० गतेदेखि लकडाउन थालेको थियो ।