सुन तस्करीदेखि धेरै काण्डहरुका सुरुवातकर्ता शेरबहादुर देउवा : प्रधानमन्त्री प्रेस सल्लाहकार थापा

सुन तस्करीदेखि धेरै काण्डहरुका सुरुवातकर्ता शेरबहादुर देउवा : प्रधानमन्त्री प्रेस सल्लाहकार थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सुन तस्करीदेखि वाइवडी, न्यारोवडी जस्ता धेरै काण्डहरुको सुरुवातकर्ता शेरबहादुर देउवा भएको आरोप लगाएका छन् । देउवा देशमा धेरै काण्डहरुमा संलग्न रहेको आरोप लगाउँदै त्यसको चर्चा गर्न थालेमा सिलसिला नै शुरु हुने बताए ।

वाइवडी, न्यारोवडी देखि लिएर धेरै बडीहरुमा संलग्न शेरबहादुर देउवाजी नै हो भन्ने कुरा सार्वजनिक नै छ, भनेर एक कार्यक्रममा बताए । उनले भने, ‘ललितानिवासदेखि धेरैवटा भ्रष्टाचारका मुद्दामा उहाँ बोल्नुभएको छैन ।’ भ्रष्टाचारको छाविनको शुरुवात देउवाबाटै थाल्नुपर्ने उनले बताए । उनले भने, ‘यसको सुरुवात उहाँबाटै थाल्नुपर्छ किनभने सुन तस्करीदेखि धेरै काण्डका सुरुवातकर्ता उहाँ नै हुनुहुन्थ्यो । देउवाले धेरै काण्डको शुरुवात गरेको आरोप समेत लगाए ।

काँग्रेस सभापति देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै विषय उठाएपछि प्रधानमन्त्रीका सल्लाहकार थापाको यस्तो भनाई सार्वजनिक भएको हो । उनले देउवालाई चेतावनी दिदै अहिले अनियमितताको विषय उठाएमा त्यो भन्दा ठूलो विषय देउवाका बारेमा उठ्ने बताए । उनले भने, चर्चाको विषयमा, जवाफदेहीताको विषयमा उहाँले चर्चा गर्न थाल्नुभयो भने यो सिलसिला सुरु हुने छ । सार्वजनिक टिकाटिप्पणीमा सबै कुरामा तानिएको व्यक्ति त उहाँ हो । उहाँले चर्चा गर्न थाल्नुभयो भने हामी खुशी हुने छौं ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलेको राजीनामा माग्नुलाई विगतमा हारको कुण्ठा, आवेग र आक्रोश भएको बताए । उनले भने,’त्यो क्षेत्रका जनताले प्रकाशशरण महतजीलाई पराजित गरेर हराएका हुन् । एउटा पराजित मान्छेले आफूलाई नै हराएका व्यक्तिको बारेमा टिप्पणी, कुण्ठा, आवेग, रिस, बदलाको भावना त्योभन्दा बढी के होला । प्रकाशशरण महतजी ईश्वर पोख्रेलसँग झन्डै १० हजार मतअन्तरले हारेको व्यक्ति हुनुहुन्छ । हरुवा मान्छेले बोलेका छेरुवा दाउको केही अर्थ हुँदैन ।’