घट्यो सुनको मूल्य, बढ्यो चाँदीको

घट्यो सुनको मूल्य, बढ्यो चाँदीको

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको थियो।

साताको मंगलबार ६ हजार ४०० रुपैयाँले बढेर ३ लाख ७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार २०० रुपैयाँले घट्दै ३ लाख १ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेकोमा सोमबार २५ रुपैयाँले बढ्दै ४ हजार ६७० रुपैयाँ कायम भएको थियो। त्यस्तै साताको पहिलो दिन आइतबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँ पुगेको थियो।