कास्कीमा सातौं कोरोना संक्रमित भेटिएको समाचार गलत रहेको पुष्टि

कास्कीमा सातौं कोरोना संक्रमित भेटिएको समाचार गलत रहेको पुष्टि

काठमाडौँ: गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका एक व्यक्तिमा कोरोना संक्रमित भेटिएको भनी भ्रमपूर्ण प्रचार भएको जनाएको छ ।कार्यालयका नवराज शर्माले कास्कीमा कोरोनाका संक्रमित नभेटिएको दाबी गर्दै मिथ्या समाचार प्रकाशन गरी जनजीवन त्रसित नबनाउन आग्रह गरेका छन् ।

केहि समय अगाडि संचार माध्यमहरुमा बिहीबार नेपालको कास्कीमा कोरोनाको सातौं संक्रमित फेला परेका भन्दै समाचार सम्प्रेशण गरेका थिएँ ।उक्त समाचार गलत रहेको शर्माले जनाएको छ।

नेपालमा अहिलेसम्म छ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरु सबै विदेशबाट आएका हुन् ।त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।