काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चिकित्सा सामग्री र आवश्यक उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ।
ओम्नी समूहले ल्याएको सामग्री गुणस्तरहीन भएको भन्दै चिकित्सकले प्रयोग गर्न अस्वीकार गरेका थिए । ठग्न खोजेको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको खरिद् सम्झौता बुधबारै रद्द गरिसकेको छ । हिजो सिंहदरबारमा बसेकोको समितिको बैठकले स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएको भन्दै सरकारले सेना रोजेको हो।
सरकारले स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले दिने भने पनि कति ल्याउने भनेर भने कुनै निर्णय भएको छैन। यसबारे अन्तिम निर्णय भने आज बस्ने कोरोना क्राइसिस म्यानेजमेन्ट टिम ( सिसिएमसी)को बैठकले अन्तिम निर्णय गर्ने स्रोतले बतायो।