काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्दै ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३२२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।