सुनचाँदीको मूल्यमा नयाँ उछाल: सुन तोलाकै २ लाख ९६ हजार, चाँदी ४ हजार ५७०

सुनचाँदीको मूल्यमा नयाँ उछाल: सुन तोलाकै २ लाख ९६ हजार, चाँदी ४ हजार ५७०

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ८८ हजारमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य आज प्रतितोला ९५ ले बढेर चार हजार ५७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार २६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?