कोभिड-१९ : बन्दी रिहा

कोभिड-१९ : बन्दी रिहा

वीरगञ्ज: कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उहाँले बताउनुभयो ।