सुन तोलामा १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सुन तोलामा १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धि भएसँगै सोमबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि जारी छ। सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ४४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

छुटाउनुभयो कि ?