धनगढीमा आत्मदाह प्रयास: थप उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा धादिङमा मृत्यु

धनगढीमा आत्मदाह प्रयास: थप उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा धादिङमा मृत्यु

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए।

शरीरको करिब ६० प्रतिशत भाग जलेकाले गम्भीर अवस्थामा रहेका चौधरीलाई सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर, परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने निर्णय अनुसार एम्बुलेन्समा ल्याउँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीले आत्मदाह प्रयास गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।

छुटाउनुभयो कि ?