-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। शिवजीको आराधनाले अधुरा कामहरू बन्नेछन्। स्वास्थ्यमा राम्रो सुधार आउनेछ भने व्यापार-व्यवसायमा मध्यम लाभ हुनेछ।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाइलेखाइ र सिर्जनात्मक काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ, तर खानपानमा अलि ध्यान दिनुहोला।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिकोणले आजको दिन शुभ छ। रोकिएका धन फिर्ता हुन सक्छन्। महादेवको दर्शनले मनमा शान्ति र नयाँ ऊर्जा थप्नेछ। नयाँ कार्यको थालनी गर्न सकिनेछ।
-
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) मनमा अलि अस्थिरता वा चिन्ता हुन सक्छ, तर शिव भगवानको जल अर्पण र पूजा गर्नाले मानसिक शान्ति मिल्नेछ। रोकिएका अधुरा कामहरू बिस्तारै अघि बढ्नेछन्।
-
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) आजको दिन लाभदायी रहनेछ। साथीभाइ र परिवारको पूर्ण साथ पाइनेछ। कार्यक्षेत्रमा मान-सम्मान वृद्धि हुनेछ। धार्मिक यात्राको योग बनेको छ।
-
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) तपाईंको कर्मको उचित फल मिल्नेछ। नयाँ जिम्मेवारी वा अवसर हात पर्न सक्छ। व्यापार तथा व्यवसायमा प्रगति हुनेछ। दिन उत्साहजनक रहनेछ।
-
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) भाग्यले साथ दिनेछ। रोकिएका ठूला कामहरू बन्ने सम्भावना छ। सामाजिक कार्यमा रुचि बढ्नेछ र धार्मिक आस्थामा वृद्धि हुनेछ।
-
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) स्वास्थ्यमा केही सामान्य उतारचढाव आउन सक्छ, त्यसैले सतर्क रहनुहोला। गोपनीयतामा ध्यान दिनुहाेला। शिवजीको मन्त्र जप्नाले सोचेका बाधा हट्नेछन्।
-
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) दाम्पत्य जीवन सुखद् रहनेछ। साझेदारीको काममा सफलता मिल्नेछ। यात्राको सम्भावना छ। आफन्तसँगको सम्बन्ध थप प्रगाढ हुनेछ।
-
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। रोकिएका कामहरू हल हुनेछन्। परिश्रमअनुसारको राम्रो नतिजा मिल्नेछ। स्वास्थ्य सबल रहनेछ।
-
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) विद्यार्थीहरूका लागि आजको दिन धेरै राम्रो छ। सिर्जनात्मक र रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ।
-
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पारिवारिक वातावरण रमाइलो रहनेछ। भौतिक साधनको उपभोग गर्न पाइनेछ। आमा वा परिवारको कुनै वरिष्ठ सदस्यको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।