बुटवलमा मृत्यु भएका कोरोना आशंकित युवकमा कोरोना संक्रमण नभएको पुष्टि

बुटवलमा मृत्यु भएका कोरोना आशंकित युवकमा कोरोना संक्रमण नभएको पुष्टि

बुटवल : आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंकित युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना(४ सिसौडाडा बस्ने ३४ वर्षका बाबुराम थापा क्षेत्रीको ‘पहिलो रिपोर्ट नेगेटिभ आएपछि ‘हामीले शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाएका थियौं। तर, दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको डा. सुदर्शन थापाले जानकारी दिए ।

स्वाब अस्पताल भर्ना भएको युवक क्षेत्रीको चौथो दिनमा मात्रै परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । शनिबारसम्म थापाको स्वास्थ्य अवस्था स्थिर रहेकोमा आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएको र दिउँसो एक बजे थापाको मृत्यु भएको थियो ।

दुबईमा ट्याक्सी चालक रहेका थापा त्यहाँबाट ६ गते त्रिभुवन विमानस्थल काठमाडौं उत्रिएका र चैत ७ गते बसबाट सैनामैना आएका थिए ।