वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु

वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी  एक  युवतीको मृत्यु

काठमाडौं :हिजो(सोमबार) वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुने युवती चन्द्रागिरी नगरपालिका १५ कि निवासी हुन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउदाँ ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो ।