काठमाडौँ: चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ । बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
रु १८ लाख जम्मा हुने कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु छ लाख अन्ठाउन्न हजार आठ सय नौ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु एघार लाख चवालीस हजार एक सय एकतीस जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिनुभयो ।