काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुलाई आज छलफलका लागि बोलाएका छन् ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुलाई सिंहदरबार बोलाएका हुन् । बैठक अहिले बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्ने तय भएको छ ।
अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ अनुसार चलिरहेको थियो। जेठ १७ गते विपक्षी दलहरूले घेरा गर्दागर्दै प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।