गगन थापाद्धारा प्रधानमन्त्री ओलीलाई विदेशबाट आएका सबैको परीक्षण गरौं भन्दै खुला पत्र

गगन थापाद्धारा प्रधानमन्त्री ओलीलाई विदेशबाट आएका सबैको परीक्षण गरौं भन्दै खुला पत्र

काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री गगन थापाद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशबाट आएका सबैको परीक्षण गरौं भन्दै खुला पत्र लेखेका छन् । थापाले पत्रमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण दायरा बढाउन आग्रह समेत गरेका छन् ।

पत्रमा उनले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने भन्दै धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यो पनि पर्याप्त नहुने भन्दै उनले भनेका छन्, ‘कम्तिमा हरेक प्रदेशमा तत्काल परीक्षण सुरु गर्नुपर्छ ।’

उनले भनेका छन्, प्रधानमन्त्रीज्यू एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्याबहरुसँग सहकार्य र नयाँ प्रविधिबाट काठमाडौं बाहिर दर्जनौं ठाउँमा कोभिड १९ टेस्टिङ गर्‍यौं भने हजारौं परीक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं ।’ परीक्षणमा गुणस्तर कायम गर्न आवश्यक प्रोटोकल बनाउन सकिने भन्दै उनले भने अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा समेटौं ।’