सभामुख अर्यालको आग्रह: ‘विदेशमा रहेका नेपाली स्वदेश फर्कियौं, कानुनको पालना गर्न सरकार कटिबद्ध छ’

सभामुख अर्यालको आग्रह: ‘विदेशमा रहेका नेपाली स्वदेश फर्कियौं, कानुनको पालना गर्न सरकार कटिबद्ध छ’

मलेखु। सभामुख डोलप्रसाद अर्यालले वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्वदेश फर्किएर आफ्नै देशमा सम्भावनाहरू खोज्न आग्रह गरेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारस्थित नृसिंहधाममा सञ्चालित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका लागि पुगेका सभामुख अर्यालले महोत्सव स्थलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेकाे हाे।

देशमा बिस्तारै सकारात्मक वातावरण बन्दै गएको संकेत गर्दै सभामुख अर्यालले अब नेपालीहरूले विदेशमा श्रम बगाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

सोही अवसरमा उनले मुलुकमा विधिको शासन बलियो बनाउन राज्य गम्भीर रहेको उल्लेख गरे। देशको संविधान र कानुनको पूर्ण पालना गराउन र नागरिकलाई सुरक्षा एवं सुशासनको प्रत्याभूति दिन वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध रहेको उनको भनाइ थियो।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र नृसिंहधाममा भइरहेको उक्त महोत्सवले स्थानीय संस्कृति र धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास समेत सभामुख अर्यालले व्यक्त गरे।

छुटाउनुभयो कि ?