राप्रपाले सरकारलाई रु पाँच लाख सहयोग गर्ने

राप्रपाले सरकारलाई रु पाँच लाख सहयोग गर्ने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ विशेष कोषमा रु पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको प्रकोपलाई सामाना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।