मधेसका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरूले लिए शपथ (सूचीसहित)

मधेसका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरूले लिए शपथ (सूचीसहित)

काठमाडौं।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद्को पुनर्गठन भएको छ। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा बिहीबार (जेठ ७ गते) जारी विज्ञप्तिअनुसार नयाँ मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन टुङ्गो लागेको छ। नवनियुक्त मन्त्रीहरूले बिहीबार नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

पुनर्गठित मन्त्रिपरिषद्को कार्यविभाजन यसप्रकार छ:

  • कृष्णप्रसाद यादव (मुख्यमन्त्री): मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय

  • जङ्गीलाल राय: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

  • जवाहरलाल कुशवाहा: ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय

  • कनिश पटेल: उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय

  • शङ्करप्रसाद चौधरी: वन तथा वातावरण मन्त्रालय

  • श्यामप्रसाद पटेल: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

  • फकिरा महतो: गृह, सञ्चार तथा कानुन मन्त्रालय

  • महम्मद समिर: बिनाविभागीय मन्त्रालय

पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले अर्थ, शिक्षा, श्रम, भौतिक पूर्वाधार र खेलकुद जस्ता महत्त्वपूर्ण मन्त्रालयहरू तत्कालका लागि आफैँसँग राख्नुभएको छ भने अन्य मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?