कोरोना राहत कोषमा नेकपा र कांग्रेस सांसदको आधा महिनाको तलब, सभामुख, अध्यक्ष र उपाध्यक्षले एक महिनाको पारिश्रमिक दिने

कोरोना राहत कोषमा नेकपा र कांग्रेस सांसदको आधा महिनाको तलब, सभामुख, अध्यक्ष र उपाध्यक्षले एक महिनाको पारिश्रमिक दिने

काठमाडौँः सरकारले स्थापना गरेको कोभिड –१९ नियन्त्रण तथा रोकथाम कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदहरुले आधा महिनाको पारिश्रमिक दिने भएका छन् । दुबै दलको संसदीय दलले औपचारिक रुपमा रकम दिनेबारे निर्णय गरेको छ ।

कतिपय सांसदहरुले भने एक महिना वा सोभन्दा बढी पारिश्रमिक दिने जानकारी गराइसकेका छन् ।

नेकपाले मन्त्री र पदाधिकारी बाहेकको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रीहरुले उक्त कोषमा एक महिनाको पारिश्रमिक दिने निर्णय भइसकेको छ । यस्तै, संसद्का सभामुख, अध्यक्ष र उपाध्याक्षले पनि एक महिनाको पारिश्रमिक दिने जानकारी सचिवालयको लेखा शाखालाई गराइसकेका छन् । सो बाहेकका अन्य सांसदहरुको रकम भने कोषमा जम्मा हुनेछ ।