चीन र भारतर्फका सबै नाका एक साताका लागि बन्द

चीन र भारतर्फका सबै नाका एक साताका लागि बन्द

काठमाडौँः सरकारले कोरोना (कोभिड –१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि चीन र भारततर्फका नाका एक साताका लागि बन्द गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले जोखिम मध्यनगर गर्दै दुबै छिमेकीसँगका नाकाहरु बन्द गरेको हो ।

ठूलो संख्यामा मानिसहरु स्थलमार्ग भएर नेपाल प्रवेश गरेपछि सरकारले तत्काल नाका बन्द गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक बस्तु आयात भने नाकामा सुचारु हुनेछ । मानिसहरुको आवतजावत भने बन्द रहनेछ ।