कोरोनाको डरले कांग्रेसका शीर्ष नेताहरु होम क्‍वारेन्टाइनमा

कोरोनाको डरले कांग्रेसका शीर्ष नेताहरु होम क्‍वारेन्टाइनमा

काठमाडौं : विश्‍वभर फैलिरहेको कोरोना भाइरसको डर र त्रासका कारण नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफल र भेटघाट बन्द गरेर अहिले धमाधम होम क्‍वारेन्टाइनमा बस्‍न थालेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटघाट बन्द गरी ुहोम क्‍वारेन्टाइनुमा बसे पनि आज तीन भइसक्यो। औपचारिक भेटघाट, सभा, सम्मेलनमा जाँदा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेताहरुले सबै कार्यक्रम रद्द गरी होम क्‍वारेन्टाइनमा बस्न थालेका हुन्। उपसभापति विमलेन्द्र निधिले पनि नेता कार्यकर्तासँग भेटघाट बन्द गरेर होम क्‍वारेन्टाइनमा बस्न थालेको दुई दिन भइसक्यो। निधिले सबैलाई सजक र सतर्क भएर बस्न भन्‍नु भएको छ।’  महामन्त्री शशांक कोइरालाले भने विहान बेलुका समय मिलाएर नेता कार्यकर्ता भेटघाट गरिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति नै निकालेर कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न र अत्यावश्यक काम तथा कुराकानी टेलिफोनबाटै गर्न आग्रह गरेक छन्। कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले भेटघाट बन्द नगरेको बताएका छन्। सिटौलाले नेता कार्यकर्तासँग भेटघाट गर्दा केही दुरी कायम गरेर, जोखिम न्यूनीकरण गर्न विभिन्‍न तरिका अपनाएको जानकारीमा आएको छ ।

यसरी कांग्रेसका सबै शीर्ष नेताहरु आफु कोरोना भाइरसको संक्रमणबाट जोगिनाका लागी आफनो घरघरमा नै होम क्वारेन्टाइनुमा बसिरेका हुन् । यदि कौग्रेसका नामचलेका नेताहरुले यसरी नैे आफनो बारेमा मात्र सोचेर लुकेर बस्ने हो भने देश र जनताको बारेमा उनिहरुले केहि गर्छन् भनेर नेपाली जनताले सोच्नु मुर्खता हो ।