नेपाल भारत पारवहन सन्धि पुनरावलोकन बैठक आजबाट सुरु

नेपाल भारत पारवहन सन्धि पुनरावलोकन बैठक आजबाट  सुरु

काठमाण्डौ : नेपाल भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाण्डौमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई देशबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाण्डौमा बैठक सुरु भएको हो ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषयमा पनि विस्तृत छलफल हुने सहसचिव ढकालले बताउए । २ दिनसम्म चल्ने सहसचिवस्तरीय बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नु भएको छ भने भारतीय पक्षको नेतृत्वको भारतका वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले गर्नु भएको छ ।