हामी कुनैपनि कुरा लुकाउनु पर्छ भन्ने पक्षमा छैनाैं: सभामुख अर्याल

हामी कुनैपनि कुरा लुकाउनु पर्छ भन्ने पक्षमा छैनाैं: सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन्।

शुक्रवार सिंहदरबारमा पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै सभामुख अर्यालले संसदीय गतिविधि र समितिहरूमा सञ्चारकर्मीहरूको सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम भइरहेको बताए।

सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे।

‘नयाँ नजिरहरु स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंहरुले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन’ उनले भने ।

उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने बताए ।