आज गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस

आज गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस

काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन सभापति तथा चार पटक संम नेपालका प्रधानमन्त्री बन सफल स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १०औं स्मृति दिवस हो। उनले आफ्नो राजनीतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए।

स्वर्गीय गिरिजाप्रसाद कोइराला आजकै दिन वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा स्वर्गवासी भएका थिए । उनको १०औं स्मृति दिवसका अवसरमा विराटनगरमा स्मृति दिवसको कार्यक्रममा सहभागी हुन कांग्रेस नेतृ तथा कोइराला पुत्रि सुजाता कोइराला बिहानै विराटनगर गएकी छन् ।

अहिले कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसले यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना नगरने भएको छ।गिरिजाप्रसाद कोइरालाले नेपाली राजनितिमा ६० वर्षभन्दा लामो समय सक्रिय रहेका थिए । कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो।

कोइरालाको नेपाली जनताका बीच थुप्रै विरोधीहरू छन् । उनको सरकारलाई बिभिन्न अवसरहरू भ्रष्टाचार का आरोप लगाईयो । आफ्नो तेस्रो कार्यकालको अबधिमा, उनी लाउडा काण्ड भनिने भ्रष्टाचार काण्डमा लगातार तानिरहे, जसमा उनलाई धेरै मूल्यको बोइंग जेट विमान भाडाबाट धेरै धनराशि उठाएको आरोप लगाईएको छ । उनी नेपाल कै सबैभन्दा बढी भ्रष्टाचारीहरुलाई पोषण गर्ने नेताका रुपमा पनि चिनिन्छ ।