सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ : आज सुनको भाउ प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलामा ४ सयले घटेर प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ घटेर प्रति तोला ७० हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ ३ सयले घटेको हो । यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाले घटेर ८ सय ५० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको महासङले जनाएको छ । लगातार बढ्दै घट्टै गरेको सुनको मूल्य हिजोको तुलनामा आज घटेको छ ।