मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
मिथुन : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।
कर्कट : सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ
सिंह : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।
तुला : तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाफा हुने दिन छ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।
वृश्चिक : आज पूराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ। नयाँ योजना बन्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।
धनु : धनलक्ष्मी योग परेको छ। व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ। परिवारको साथ र सहयोग हुनेछ। मन शान्त बन्नेछ ।
मकर : आज बोलीको प्रभाव बढ्नेछ। आम्दानी हुनेछ। कतै घुमफिरको योजना तय हुनसक्छ। पारिवारिक मेलमिलाप हुनेछ। मिहिनेतको फल मिल्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।
कुम्भ : एकल निर्णय घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।
मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेकाे मिहिनेतको फल मिल्ने छ।