आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

वृष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालिन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।


मिथुन : आज धन आर्जन हुनेछ। मित्र बढ्नेछन्। धार्मिक कार्यमा संलग्न भइनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

कर्कट : आज जमिन सम्बन्धी गरेको कार्यबाट नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।   पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।


सिंह : लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा सफलता मिल्नेछ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ । 

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुन सक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ।  पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। 

तुला : दिन राम्रो रहेको छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग रहेको छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गर्दा दिन सहज हुनेछ। परिवारमा खटपटी आउन सक्ने जाेखिम छ।  

धनु : आम्दानी हुनेछ। साथीसँगको भेटले मन खुसी हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।   पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मकर :  दिन सामान्य छ । संचित धन खर्च हुने जाेखिम छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। शत्रु बढ्नेछन्। पीपलको दर्शन गरे दिनकाे सुरुवात गर्नु उचित हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कुम्भ : सानातिना कुरामा धेरै रिस उठ्नेछ। संचित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। व्यापारमा सचेत भएर काम गर्नुपर्ने समय छ । शिक्षाामा मिहिनेतको खाँचाे छ ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा ख्याल गर्नुपर्नेछ। शिक्षामा अझ मिहेनत गर्नुपर्नेछ। धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।  व्यापारमा फाइदा हुनेछ ।