पटुकामा लुकाएर सुन तस्करी

पटुकामा लुकाएर सुन तस्करी

रसुवा : रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाका मितेरी पुल वारिबाट बाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका १ थुमनका महिला रहेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूले पटुकामा बाँधेर सुन भित्राउन लागेका थिए ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले भने ‘६ वटा टुक्रा भेटिएको छ । हेर्दा एउटा बिस्कुटलाई लुकाउन सजिलो हुन्छ भनेर साना टुक्रा बनाएको देखिन्छ । रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याइएको छ ’ यसबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।