कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।

उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।

मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए । ‘सय दिन सयमका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु।’ यसबीच आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको उनले दाबी गरे ।

मन्त्रालयमा बसेर होइन, विकास आयोजनाका वास्तविक समस्या बुझ्न निर्माणस्थलमै पुग्नुपर्छ भन्ने मान्यतासाथ फिल्डमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवादको शैली अपनाएको समेत मन्त्री घिसिङको भनाइ छ । ‘अधुरा सडक एवं पुलका कारण दु:ख भोगिरहेका यात्रु, सिँचाइ अभावले खेत बाँझो राख्न बाध्य किसान लगायतको आवाज नजिकबाट सुन्ने र आयोजनालाई गति दिने प्रयास गरिएको छ,’ उनले भने, ‘एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन ।’

मन्त्री घिसिङले १ सय कामको सूचीमा ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल गर्न थालिएको राखेका छन् ।

त्यस्तै मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन यो सूचीमा राखिएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको विषय यो सूचीमा राखिएको छ ।

यसैगरी भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको सूचीमा उल्लेख छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ ।

त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि सूचीमा  राखिएको छ ।

यी हुन मन्त्री घिसिङले १ सय दिनमा गरेका १ सय काम :