काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनाको निन्दा गरेका छन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणीसमेत गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् । “म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा भनिएको छ ।
विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा समेत क्षति पुगेको छ । घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ ।