काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। सोमबार दिउँसो उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भइसकेका ओलीले यस पटक पनि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
यस्तै अध्यक्ष पदका लागि वरिष्ठ नेता ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराएका छन्। पोखरेलले सोमबार दिउँसो करिब ३ बजे अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भोलि मंगलबार मतदान हुने कार्यतालिका छ। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन्।