काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ।
प्यानल नै बनाएर निर्वाचन हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार बन्न लागेका हुन्। सचिवद्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवका उम्मेदवार हुने तय भएको योगेश भट्टराईले बताए। निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ।
यस्तै, अरु पदाधिकारीबारे पनि छलफल चलिरहेको छ । सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलाई उम्मेदवार बनाउने छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पनि उम्मदेवारीको प्यानल नै आउने अवस्था हेरेर केही उम्मेदवार हेरफेर हुनसक्ने भट्टराईले जानकारी दिए।