काठमाडौं: विश्वव्यापी रूप फैलिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयमा सरकारले सर्वदलीय बैठक बोलाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजेका लागि तय गरिएको छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह गरिरहेका बेला सरकारको पुर्वतयारी बारे जानकारी दिन बैठक बोलाइएको हो ।