प्रतिनिधिसभा निर्वाचनः कांग्रेस डडेल्धुराद्वारा देउवाको एकल नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचनः कांग्रेस डडेल्धुराद्वारा देउवाको एकल नाम सिफारिस

काठमाडौं। नेपाली कांग्रेस डडेलधुराले आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि पार्टी सभापति शेरबहादुर देउवाको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको आज (बिहीबार) बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति देउवाको एकल नाम सिफारिस गरेको हो ।

सभापति देउवाले डडेल्धुराबाट लगातार २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । जिल्ला सभापति भीमबहादुर साउदले यसपटक पनि प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा सर्वसम्मत देउवाको नाम सिफारिस गरिएको बताए ।