फागुन २१ को निर्वाचन कार्यतालिकाको ६० प्रतिशत काम सम्पन्न

फागुन २१ को निर्वाचन कार्यतालिकाको ६० प्रतिशत काम सम्पन्न

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको ६० प्रतिशत काम सम्पन्न भइसकेको बताएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सामाग्री व्यवस्थापन, ऐन, कानुन, नीति, निर्देशिका निर्माण, मतदाता नामावली अध्यावधिक र राजनीतिक दल दर्ता लगाएका महत्वपूर्ण काम सम्पन्न भएको बताएका हुन्।

उनले निर्वाचनको विकल्प उत्तम निर्वाचन मात्रै भएको भन्दै आगामी फागुन २१ गते सफलता पूर्वक प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न हुने पनि बताए।