काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै २० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचन आयोगले उम्मेदवारी छनोट, घोषणापत्र लेखन, सार्वजनिक कार्यक्रमको आयोजना तथा प्रचार प्रसारको विधि एवं सामग्रीसम्ममा चासोपूर्वक निर्देशन दिएको छ।
निर्वाचन आयोगले दिगो विकास लक्ष्य निर्धारण गर्दै विश्वव्यापी मञ्चमा प्रतिबद्धता जनाएअनुसार सन् २०३० सम्म संसदमा ४० प्रतिशत महिला सहभागिता गराउने विषयको ध्यानाकर्षण गराएका छन् । विश्व मञ्चको प्रतिबद्धताअनुसार प्रत्यक्षतर्फसमेत महिला उम्मेदवार को संख्या बढाउन आयोगले दलहरूको ध्यानाकर्षण गराएको हो।
प्रत्यक्षतर्फको उम्मेदवारीको एकतिहाइ नघट्ने गरी छनोट गर्नसमेत आयोगले निर्देशन दिएको छ । दिगो विकास लक्ष्य २०३० मा गरेको प्रतिबद्धताअनुसार ४० प्रतिशत पु¥याउने र संविधानमा उल्लेख भएको मौलिक हक तथा समावेशी सिद्धान्तको ख्याल गर्न आयोगले दलहरूलाई निर्देशन दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए।
निर्वाचनको प्रचारप्रसारमा जातीय, भाषिक तथा धार्मिक भावनामा असर पुग्ने गरी कुनै किसिमको प्रचार नगर्नसमेत दलहरूको ध्यानाकर्षण गराइएको छ। बालबालिकाको प्रयोग तथा परिचालन जस्तै धार्मिक अभियान तथा संघसंस्थाहरूको परिचालनमा समेत आयोगले कडाइ गर्ने संकेतसहित दलहरूको ध्यानाकर्षण गराइएको छ। दलका घोषणापत्रहरूको विषयमा समेत आयोगले ध्यानाकर्षण भएको जनाएको छ। संविधानको भावना, दलहरूले पूर्ववत्रूपमा व्यक्त गरेका प्रतिबद्धताहरूलाई आफ् ना घोषणापत्रहरूको लेखनमा समेत ध्यान दिनसमेत आयोगले निर्देशन दिएको छ।
राजनीतिक दलका कार्यक्रमहरू विद्यालयमा नगर्न तथा लैंगिक एवं अपांगता मैत्री स्थान छनोटलाई ध्यान दिन समेत आयोगले निर्दे शन दिएको छ। निर्वाचन प्रचार का क्रममा प्रतिद्वन्द्वी उम्मेदवार लाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, आरोप लगाउने, हतोत्साहित गर्ने तथा चरित्रहत्या गर्ने क्रियाकलापमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि जारी हुने आचारसंहिताको कार्यान्वयनमा जोड दिँदै ध्यानाकर्षण गराएको छ । प्रचार सामग्रीको प्रयोगदेखि कार्यक्रमस्थलको छनोटमा समेत आचारसंहिता’bout ध्यानाकर्षण गराइएको छ । राजनीतिक दलको पारदर्शितामा समेत आयोगले ध्यानाकर्षण गराएको छ ।
विगतका निर्वाचनहरूमा उम्मेदवार बनेर निर्वाचन खर्च बुझाउन बाँकी भएकाहरूलाई खर्च विवरण बुझाउनसमेत आग्रह गरेको छ । समानुपातिकतर्फ दलहरूले छनोट गरेका उम्मेदवारहरूको सूची सार्वजनिक गर्नसमेत आयोगले दलहरूलाई निर्देशन दिएको छ । निर्वाचनको प्रयोजनमा राजनीतिक दलहरूका गतिविधिलाई कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिले रोक्ने, भाँड्न वा असफल पार्न प्रयत्न नगर्नसमेत निर्वाचन आयोगले दलहरूको ध्यानाकर्षण गराएको छ ।