काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुण एअरलाईन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। बैकिंङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको जनाईएको छ ।
सिआईबीचका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले शाक्य पक्राउ भएको पुष्टि गरेका छन्। शाक्यले प्रभु बैंकलाई हानी नोक्सानी पुर्र्याएको भनिएको छ। उनलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर आज ललितपुर जावलाखेल भनिमण्डलबाट पक्राउ गरिएको हो।