काठमाडौं। नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर भईसकेको अवस्था भएकाले विशेष महाधिवेशनको प्रकया सुरु भइसकेको दाबी गरेका छन् । विशेष महाधिवेशन पक्षधरले खुट्टा नकमाई सरेको सरै गर्ने केन्द्रीय समितिमा नगई महाधिवेशनका लागि पर्चा, पम्लेट, महाधिवेशनस्थलको तयारीमा लाग्नुपर्ने उनको सुझाव छ ।
नेता आचार्यले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरिएको विषय केन्द्रीय समितिसँग महाधिवेशनबारे निर्णय हेरफेर गर्ने अधिकार नरहेको बताए । उनले विशेष महाधिवेशन अनुमोदन गर्नेबाहेकको विकल्प नभएको उल्लेख गरेका छन् ।
कांग्रेसले केन्द्रीय समिति बैठक पटक–पटक सारेकोप्रति आक्रोश ब्यक्त गर्दै नेता आचार्यले भनेका छन्, ‘भदौ २३–२४ को जेनजी आन्दोलन, २७ घण्टामा सरकार परिवर्तन तथा ७६ जनाको रगत लत्पतिएपछि केन्द्रीय समिति पनि अनुमोदन त हुनुपर्यो नि हैन र ?’ उनले भनेका छन्, ‘सभापति, पदाधिकारी वा सदस्यहरुमा जोसुकै चुनिनुहोस् । तर, अधिवेशनको कुरा उठीसकेपछि ब्याक हुनु राम्रो होईन । पटक्कै राम्रो होईन, पार्टी, लेकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ ।’