एमालेको महाधिवेशन उद्घाटन सल्लाघारी चौरमा

एमालेको महाधिवेशन उद्घाटन सल्लाघारी चौरमा

काठमाडौं। नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीस्थित खुला चौरमा गर्न लागिएको हो ।

महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमा नै हुने बताइएको छ । एमाले महाधिवेशन सचिवालय समितिको बैठकले महाधिवेशनको उद्घाटन सल्लाघारीमा गर्ने तय गरेको हो । महाधिवेशन सचिवालय महासचिव शंकर पोखरेलको संयोजकत्वमा रहेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ महाधिवेशनको मुख्य नारा तय भएको छ ।