प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो। निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा सहभागिताका लागि आजसम्म दल दर्ताको समय तोकिएको छ।

मंगलबारसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।