काठमाडौं। नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक आज बस्दै छ। बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरु हुन लागेको बैठकमा बैठकमा महाधिवेशन तयारीका लागि गठन गरिएको १३ उपसमितिका संयोजकसहित सचिवालयका सदस्यहरु सहभागी हुँदैछन्।
पार्टी सचिवालयको गत शुक्रबार सम्पन्न बैठकले महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी गठन गरेको थियो।
महासचिव पोखरेलका अनुसार महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तयारीको प्रारम्भिक चरण आजको बैठकमार्फत सुरु गरिने छ। आजको बैठकमा सबै समितिको जिम्मेवारीबारे जानकारी दिइने र आ–आफ्ना कार्यतालिका बुझाउन केही समय दिने तयारी रहेको छ। बैठकमा सचिवालयका तीन सदस्यसहित १३ उपसमितिका संयोजकहरू उपस्थित हुँदैछन् ।
ती संयोजकहरू यसप्रकार छन्:
प्रतिनिधि व्यवस्थापन समिति: काशीनाथ अधिकारी
जनपरिचालन: प्रदीप ज्ञवाली
आवास व्यवस्थापन: छविलाल विश्वकर्मा
खाद्य व्यवस्थापन: लेखराज भट्ट
यातायात व्यवस्थापन: गोकर्ण विष्ट
अतिथि सत्कार: रघुवीर महासेठ
स्वयंसेवक परिचालन: भानुभक्त ढकाल
प्रचार: पद्मा अर्याल
मञ्च व्यवस्थापन: विनोद श्रेष्ठ
स्वास्थ्य: कृष्णगोपाल श्रेष्ठ
आर्थिक : विष्णु रिमाल