आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । हिँड्दा अवरोध हुनसक्ने जोखिम छ । सोचेका काममा अवरोध हुनेछ । बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शुभकार्यका लागि मन अगाडि बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ । जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ । परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । तपाईंले गरेका प्रयास सफल हुने दिन छ । परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन् । रोगबाट मुक्त हुने दिन छ । परिवारले राम्रो साथ दिनेछ । फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ । विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ ।

तुला : दिन सामान्य छ । आम्दानीका दृष्टिले प्रगति हुनेछ । राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ ।

धनु : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ । राज्यको तर्फबाट सहयोग मिल्नेछ । सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ । साथीभाइले साथ दिनेछन् । तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ । तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ ।

कुम्भ : दिन सामान्य छ । धार्मिक कार्यमा सहभागी भए मनमा शान्ति मिल्नेछ । बिहान सुरुमै शिवको भजन गर्नाले दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ ।

मीन : दिन राम्रो छ । परिवारमा खुशी प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा प्रगति हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुन्छ ।