काठमाडौं। नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा ढुङ्गा प्रहार भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगा प्रहार भएको हो।
नेता बस्नेतमाथि अर्पित कुवरले ढुङ्गा प्रहार गरेको बताइएको छ। अहिले ती युवा प्रहरीको नियन्त्रणमा रहेका छन्।