सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न एमालेको नेशनल भोलिन्टियर्स फोर्सका कमाण्डरको माग

सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न एमालेको नेशनल भोलिन्टियर्स फोर्सका कमाण्डरको माग

काठमाडौं। नेकपा (एमाले) को नवगठित नेशनल भोलिन्टियर्स फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले हामी नेपालका संयोजक सुदन गुरुङलाई जेनजी आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् ।

सुदनलगायतका अराजकहरुको समूहले पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका पूर्वमन्त्री किसान श्रेष्ठको सिमरामा रहेको घरमा पुगेर गुण्डागर्दी शैलाीमा परिवारका सदस्य तथा घरको पूनर्निमाणमा खटिएका कामदारलाई धम्काएकोप्रति संगठनको ध्यानाकार्षण भएको जनाएका छन् ।

उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक भनेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकार अपराधीहरुलाई कारवाही गर्नुको सट्टामा संरक्षणमा लाग्नुले सरकार लोकतन्त्रमा होईन अराजकतामा विश्वास गर्छ र त्यसलाई प्रशय दिन्छ भन्ने पुष्टि हुन्छ । तसर्थ देश, जनता र पार्टी पँक्तिको सुरक्षाको लागि जनताको सुरक्षा जनतामार्फत नै भन्ने उद्देश्यले स्थापना भएको हाम्रो संगठन सुदन गुरुङ र सम्राट उपाध्यायलगायत अराजक झुण्डहरुलाई यथाशीघ्र आवश्यक अघि बढाउन जोडदार माग गर्दछ र साथै सरकारले उक्त घटनाको संवेदनशीलतालाई नबुझ्ने हो र अपराधीलाई उन्मुक्ति दिने हो परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि दिन चाहन्छौं ।’