कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं। कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा ४ ‘रेक्टरस्केल’को भूकम्प गएको हो।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो।