काठमाडौं। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो ।
प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन् । आजको प्रदेशसभा बैठकमा कूल ७८ सांसदको उपस्थिति रहेको थियो ।