प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता माघ ६ गते

प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता माघ ६ गते

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि लागि उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारले तोकिएको कागजसहित मनोनयन दर्ता गर्ने सकिने निर्णय गरेको हो ।

आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा नागरिकलाई निर्वाचन आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आह्वान गरेको छ । प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।